दाङ १ (ख) बाट लुम्बिनी प्रदेश सभा सदस्यका लागि कांग्रेस नेता खुमबहादुर खड्का पुत्र अनुराग खड्का निर्वाचित भएका छन् । उनी एमालेका कुलबहादुर केसीलाई ३ हजार ५२ मतले पछि पार्दै विजयी भएका हुन् । खड्काले १६ हजार २ सय २२ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी केसीले १३ हजार १ सय ७० मत प्राप्त गरे ।
