दाङ ३ मा नेपाली कांग्रेसका दिपक गिरी निर्वाचित भएका छन् । काँग्रेस उम्मेदवार गिरीले ३६ हजार ८ सय ८२ मत प्राप्त गरेका छन् ।
उनका प्रतिष्पर्धी नेकपा एमालेकी कोमल वलीले २९ हजार ३२ मत प्राप्त गरेकी छिन्।
काँग्रेस नेत गिरीले एमाले नेतृ वलीलाई ७ हजार ८ सय १० मतान्तरले पराजित गरेका हुन् ।
यो निर्वाचन क्षेत्रमा ९० हजार १ सय ५० मत खसेको थियो ।
