• ट्रेण्डिङ्ग :
दाङमा एमालेको ‘क्लिन स्वीप’

दाङमा एमालेको ‘क्लिन स्वीप’


  • 3.3K
    SHARES
    • मंसिर ९, २०७९ शुक्रबार
    • ३ बर्षs अघि
    • 5.1K Views

    दाङमा एमालेको ‘क्लिन स्वीप’

    दाङ,मंसिर ९ । दाङमा पार्टीका महासचिव शंकर पोख्रेलको हारसंगै नेकपा एमालेको ‘क्लिन स्वीप’ भएको छ । जिल्लाका तीन प्रतिनिधिसभा क्षेत्र तथा ६ प्रदेशसभा मध्य कुनैमा पनि जित निकाल्न सकेन । एमाले माथि वर्तमान सत्तागठबन्धन हाबी भईदिएको छ ।  मूलतः एमालेले दाङको क्षेत्र नम्बर २ मा जसरी पनि आफ्नो जित निकाल्ने योजना बनाएको थियो । यो क्षेत्रमा महासचिव शंकर पोख्रेल भिडेका थिए । पोख्रेललाई सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी रेखा शर्माले पाखा लगाईन् ।
    यसैगरि जिल्लाको क्षेत्र नम्बर ३ मा एमालेकी कोमल ओली पराजित भईन् । महिला मतको बलमा जित निकाल्न सक्ने ओलीमाथि लख काटिएको थियो । यसैगरि यो क्षेत्रको कांग्रेसी मतलाई तान्न सकिने बिश्वासमा ओली र उनको दल नेकपा एमाले थियो ।  तर कांग्रेसका दिपक गिरीले जनमत आफ्नो पक्षमा राख्न सफल भए । 

    images


    यसैगरि क्षेत्र नम्बर १ मा जित निकाल्ने एमाले लक्ष माथि गठबन्धन बाधक बनिदियो । यो क्षेत्रमा एमालेले शान्ता चौधरीलाई उम्मेदवार बनाएको थियो । तर सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरीले आफ्नो पुरानो गढमा शान्तालाई टिक्न दिएनन् । एमालेले यो क्षेत्रमा आफ्नो जीतको आधार नेकपा एसको कमजोर जनमतलाई देखिरहेको थियो । कांग्रेसको सहयोग विना मेटमणीको जित असम्भव देखिरहेको एमालेले कांग्रेसको मत पुरापुर मेटमणीको पक्षमा नखस्ने देखिरहेको थियो । यसैगरि यो क्षेत्रमा भिडेका राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ती पार्टीले मत काट्ने र त्यसको फाईदा आफूलाई पुग्नेमा एमाले ढुक्क थियो । तथापी एमालेको यो अपेक्षाले पुरै फेल खायो र आफ्नो जितबाट पछि हट्न बाध्य भयो । 


    प्रतिनिधिसभामा जीत विहिन बनेको एमालेले जिल्लाका कुनै पनि प्रदेशसभामा क्षेत्रमा खाता खोल्न सकेन । क्षेत्र नम्बर १ का दुबै प्रदेशसभा क्षेत्रमा गठबन्धनका उम्मेदवारहरुले एमालेलाई अघि बढ्न दिएनन् । दाङ १ (१) मा कांग्रेसका अनुराग खड्काले एमालेका कुलबहादुर केसीलाई पराजित गरे भने १(२) मा माओवादी केन्द्रका इन्द्रजीत चौधरीले एमालेका गंगाराम भट्टराईलाई पराजित गरे । यसैगरि क्षेत्र नम्बर २ का दुबै प्रदेशसभा क्षेत्रमा पनि एमाले जित बिहिन बन्यो । २(१) मा कांग्रेसका राजु खनालले एमालेका बलिभद्र रानालाई पाखा लगाए भने २(२) मा कांग्रेसका प्रचण्ड विक्रम न्यौपाने ‘गुन्टु’  एमालेका गिरिराज केसीलाई पराजित गर्दै विजयी भए ।

    यसैगरि दाङ क्षेत्र नम्बर ३ का दुवै प्रदेशसभा क्षेत्रमा पनि एमालेले आफ्नो पकड जमाउन सकेन । ३(१) मा कांग्रेसका डिल्लीबहादुर चौधरी एमालेका घनश्याम पाण्डेलाई पराजित गर्दै विजयी माला पहिरिए भने ३(२) मा माओवादी केन्द्रका धनबहादुर मास्की एमालेका हुकुम बस्नेतलाई पराजित गर्दै निर्वाचित भए । 
    मूलतः वर्तमान सत्तागठबन्धनमा बलियो सहकार्य नहुने सम्भावना देखेको एमालेले  जिल्लामा आफ्नो उपस्थिती सम्मानजनक हुने आश देखिरहेको थियो । तथापी अहिलेको निर्वाचनमा गठबन्धनको मत तितरबितर हुनबाट धेरै जोगिएका कारण पनि एमालेका लागि जित सहज नबनेको नेताहरु बताउँछन् । 


    तेस्रो आँखा