• ट्रेण्डिङ्ग :
दल होइन व्यक्तिप्रतिको वितृष्णा घण्टिमा मा पोखियो : शेखर कोइराला

दल होइन व्यक्तिप्रतिको वितृष्णा घण्टिमा मा पोखियो : शेखर कोइराला


  • 3.7K
    SHARES
    • मंसिर ९, २०७९ शुक्रबार
    • ३ बर्षs अघि
    • 5.6K Views

    दल होइन व्यक्तिप्रतिको वितृष्णा घण्टिमा मा पोखियो : शेखर कोइराला

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दलका व्यक्तिप्रतिको वितृष्णा राष्ट्रिय स्वतन्त्र पार्टीमा पोखिएको बताएका छन् ।

    images

    निर्वाचित भएपछि विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले जनताले दलसँग भन्दा पनि दलका व्यक्तिप्रतिको वितृष्णा रास्वपालाई मत दिएर पोखेको बताए । अहिलेका दलले सुशासन दिन नसक्दा नयाँ दलले मत पाएको उनको भनाइ छ ।

    ‘परम्परागत राजनीतिक दलसँगको वितृष्णा भन्दा पनि व्यक्तिहरुसँगको वितृष्णा मैले देखिरहेको छु,’ उनले भने, ‘त्यो वितृष्णा पोखिएको हो, दलहरुप्रति वितृष्णा रह्यो भने दलीय सिस्टम नै रहँदैन ।’

    अब बन्ने सरकारले सुशासन दिन नसक्ने हो भने यो वितृष्णा झन् बढ्ने भन्दै कोइरालाले सुशासनको मुद्दामा सबै दल मिलेर जानुपर्ने बताए । अब बन्ने सरकारले सुशासन कायम गर्न नसके आफूले संसदबाट प्रश्न उठाउने उनको भनाइ छ ।


    तेस्रो आँखा