लुुम्बिनी प्रदेससभाका नव निर्वाचित सांसद प्रचण्डविक्रम न्यौपाने ‘गुन्टु’ ले बिकटका बस्तीहरुमा बिद्युतीकरणका लागि चासो दिएका छन् । उनले आफ्नो चुनावी क्षेत्रका केहि बिकट बस्तीहरुमा देखिएको विद्युतको अभावको अनुगमन गरेका छन् । साथै ती बस्तीहरुमा विद्युत बिस्तारका लागि योजना बनाएर बघि बढ्ने सांसद न्यौपानेले बताए । उनी घोराही विद्युत प्राधिकरणका कर्मचारीहरु सहित विद्युत नपुेका बस्तीहरुमा अनुगमनका लागि गएका थिए ।
विद्युत प्राधिकरणका कर्मचारी सहित गएका सांसद गुन्टुले घोराही १२ माराकोटमा विद्युत विस्तारका लागि सम्झौता भैसकेको योजना अनुगमन गरेका थिए । यो क्षेत्रमा बिद्युत विस्तारका लागि ठेक्का सम्झौता भैसकेको र काम सुरु हुने क्रममा छ । त्यस क्रममा उनले विद्युत प्राधिकरणका कर्मचारीहरुलाई काम चाँडो सुरु गर्नका लागि पहल लिन सुझाव दिएका थिए । यसैगरि विद्युत विस्तारका लागि ठेक्का लिएका निर्माण व्यवसायिलाई पनि सांसद गुन्टुले काम चाँडो सुरु गर्न सुझाव दिँदै काम गर्दा आई पर्न सक्ने सम्भावित चुनौती समाधानका लागि आफूले समन्वय गर्ने बताए ।
यसैगरि उनी सहितको विद्युत प्राधिकरणको टोलीले विद्युत नपुगेका केहि बस्तीहरुमा विद्युत विस्तारका लागि सर्वे समेत गरेको छ । घोराही १२ का ओवाङ,भलडाँडा,गौधारा, विजौरीकोट लगाएतका बस्तीहरुमा विद्युत विस्तारका लागि सर्वे गरिएको हो । ‘विद्युत नपुगेका यी बस्तीहरुमा विद्युत विस्तारका लागि कसरी काम गर्न सकिन्छ ? भनेर हामीहरुले सर्वे गरेका छौँ,’ सांसद न्यौपानेले अनुगमन पछि भने ‘आवश्यक कार्ययोजना बनाएर कसरी अगाडी बढ्न सकिन्छ भनेर विद्युत प्राधिकरणसंग गहन तरिकाले छलफल गरिने छ ।’
नवनिर्वाचित प्रदेशसभा सांसद न्यौपानेलाई यी बस्तीका नागरिकहरुले भब्य स्वागत समेत गरेका थिए । तत्काल आफ्नो बस्तीमा विद्युतको उज्यालो पुर्याईदिनका लागि उनले सांसद न्यौपानेसंग आग्रह गरेका थिए ।
