• ट्रेण्डिङ्ग :
सुकुमबासी हटाउन संघीय सरकारसँग गुहार

सुकुमबासी हटाउन संघीय सरकारसँग गुहार


  • 3.0K
    SHARES
    • मंसिर १४, २०७९ बुधबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    सुकुमबासी हटाउन संघीय सरकारसँग गुहार

    काठमाडौं महानगरपालिकाले थापाथलीस्थित वाग्मती नदीकिनारबाट सुकुमबासीलाई हटाउन संघीय सरकारसँग सहयोग मागेको छ। थापाथलीबाट सुकुमबासीलाई हटाउने अभियानबाट पछि नहट्ने अडान लिँदै महानगरपालिकाले सरकारसँग सहयोग मागेको हो।  

    images

    महानगरपलिकाका प्रवक्ता महेश काफ्लेले मंगलबार गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहसहित उच्च कर्मचारीसँग सम्पर्क गरी सुकुमबासी समस्याको व्यवस्थापन गर्न सहयोग मागिएको जानकारी दिए।  

    महानगरपालिकाका अधिकारीले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका उच्च अधिकारीसँग पनि यस विषयमा कुराकानी गरेका छन्। प्रवक्ता काफ्लेका अनुसार बुधबार महानगरपालिकाले गृह मन्त्रालयलाई औपचारिक रूपमै चिठी लेखेर सहयोग माग्ने भएको छ।

    महानगरपालिकाका अधिकारीले मंगलबार अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता विकास समितिका अधिकारीसँग अनौपचारिक बैठक गरेका छन्। महानगरका अधिकारीले सुकुमबासी समस्या समाधान गर्न बुधबार महानगरका ३२ वटै वडाका अध्यक्षसँग अन्तरक्रिया गर्ने भएका छन्। प्रवक्ता काफ्लेका अनुसार थापाथली क्षेत्रबाट सुकुमबासी खाली गराउने अभियानबाट महानगर पछि हट्ने छैन।


    तेस्रो आँखा