• ट्रेण्डिङ्ग :
सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीलाई ३१ मतको अग्रता

सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीलाई ३१ मतको अग्रता


  • 3.6K
    SHARES
    • मंसिर १५, २०७९ बिहीबार
    • ३ बर्षs अघि
    • 5.6K Views

    सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीलाई ३१ मतको अग्रता

    मतगणना अन्तिमतिर आइपुग्दा सुनसरी क्षेत्र नम्बर ४ मा पुनः नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता बनाएका छन्।

    images

    सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार बहालवाला सञ्चारमन्त्रीसमेत रहेका कार्कीले ३० हजार १७० मत पाउँदा नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार १ सय ३९ मत ल्याएका छन्।

    मन्त्री कार्की ३१ मतले अघि बढेका हुन्। 

    त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका विद्यानन्द यादवले ३१९६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले ३१५२ मत ल्याएका छन्। अब ६०० मत गन्न बाँकी रहेको छ।


    तेस्रो आँखा