• ट्रेण्डिङ्ग :
दोलखाको प्रतिनिधिसभामा माओवादी केन्द्रका कार्की विजयी

दोलखाको प्रतिनिधिसभामा माओवादी केन्द्रका कार्की विजयी


  • 2.7K
    SHARES
    • मंसिर १९, २०७९ सोमबार
    • ३ बर्षs अघि
    • 4.1K Views

    दोलखाको प्रतिनिधिसभामा माओवादी केन्द्रका कार्की विजयी

    दोलखाको प्रतिनिधिसभा सिटमा नेकपा माओवादी केन्द्रका गंगा कार्की बिजयी भएका छन्।  कार्कीले एमालेका बालकृष्ण शिवाकोटीलाई ३ सय १८ मतको अन्तरले हराए।  

    images

    कार्कीले ३६ हजार ७ सय ९९ मत ल्याउदा एमालेका शिवाकोटीले ३६ हजार ४ सय ८१ मत ल्याएर पराजित बने। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३ हजार ७९३ मत ल्याउँदा राप्रपाका विजय खड्काले १ हजार ५६१ मत प्राप्त गरेका छन्।  

    समानुपातिक तर्फको समेत मतगणना चलिरहेको र समानुपातिकको मतपेटिकामा प्रत्यक्ष तर्फको मतपत्र भेटिए गणना गर्ने निर्णय सर्वदलीय बैठकमा भएकाले जितको अन्तरको अंक केही तलमाथि पर्न सक्ने बताईएको छ।


    तेस्रो आँखा