• ट्रेण्डिङ्ग :
उषा राई कुटपिट पश्चात् मृत्यु प्रकरण: ४ आरोपी पक्राउ

उषा राई कुटपिट पश्चात् मृत्यु प्रकरण: ४ आरोपी पक्राउ


  • 3.6K
    SHARES
    • मंसिर २०, २०७९ मंगलबार
    • ३ बर्षs अघि
    • 5.6K Views

    उषा राई कुटपिट पश्चात् मृत्यु प्रकरण: ४ आरोपी पक्राउ

    धरान । कुटपिटबाट घाइते भएकी एकल महिलाको उपचारको क्रममा मृत्यु भएको घटनामा धरान प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

    images

    ईलाका प्रहरी कार्यालय धरानले पक्राउ परेका ४ जना महिलाहरूलाई मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। धरान १३ की ४० बर्सिया उषाकुमारी राईको मंसिर १३ गते उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो। उनलाई कार्तिक ३ गते उर्मिला राईको नेतृत्वमा गएका महिलाहरूको समूहले कुटपिट गरेका थिए।

    घटना भएको महिना दिनभन्दा बढी समयपछि मृत्यु भएपश्चात् मृतकका भाइ सुन्दर राईले ७ जना विरुद्ध किटानी जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा घटनाको मुख्य आरोपी धरान १३ सूर्य मार्गकी ५५ बर्सिया उर्मिला राईलाई मंसिर १५ गते पक्राउ गरिएको र १० दिनको म्याद थप गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए। 

    यस्तै, मंसिर १६ गते २६ बर्सिया सुमित्रा राई र धरान १७ की २९ बर्सिया सुसेली राईलाई पक्राउ गरेर अदालतबाट ९ दिनको म्याद थप भएको डिएसपी श्रेष्ठले बताएका छन् भने ४० बर्सिया रत्न लिम्बु सुब्बालाई मंसिर १८ गते पक्राउ गरेर ७ दिनको म्याद थप गरिएको बताए।


    तेस्रो आँखा