• ट्रेण्डिङ्ग :
समानुपातिक सांसद चयनमा राष्ट्रिय स्वतन्त्र पार्टीभित्र असन्तुष्टि, पार्टी कार्यालयमा विरोध प्रदर्शन हुने

समानुपातिक सांसद चयनमा राष्ट्रिय स्वतन्त्र पार्टीभित्र असन्तुष्टि, पार्टी कार्यालयमा विरोध प्रदर्शन हुने


  • 3.1K
    SHARES
    • मंसिर २२, २०७९ बिहीबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    समानुपातिक सांसद चयनमा राष्ट्रिय स्वतन्त्र पार्टीभित्र असन्तुष्टि, पार्टी कार्यालयमा विरोध प्रदर्शन हुने

    रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सांसद चयनका विषयलाई लिएर असन्तुष्टि देखा परेको छ।

    images

    रास्वपाले गत असोजमा प्राइमरी इलेक्सन गरेर धेरै मत ल्याउनेहरूलाई प्रतिनिधि सभाको बन्दसूचीमा नाम राखेको थियो।

    तर अहिले प्राइमरी इलेक्सनमा कम मत ल्याएकाहरूलाई पनि समानुपातिक सांसद बनाउन खोजेको भन्दै विरोध भइरहेको छ।

    निर्वाचन आयोगले दलहरूलाई बुधबार तीन दिनको समय दिएर समानुपातिक सांसद पठाउन भनेको छ। दलहरूले बन्द सूचीमा पेश गरेका नामहरू नै कलस्टरअनुसार मिलाएर आयोगमा पठाउनुपर्ने हुन्छ।

    प्राइमरी इलेक्सन र बन्द सूचीका नामविपरीत हुने गरी पार्टीले समानुपातिक सांसद चयन गर्न लागेको विरोधमा आज बसन्धरास्थित केन्द्रीय कार्यालयमा खबरदारी सभा गर्न लागिएको समानुपातिक सांसदका लागि सूचीमा नाम परेकाहरूले जानकारी दिएका छन्।

    रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जितेको छ भने समानुपातिकमा १३ सिट जितेको छ। उसले सदर मतको १० प्रतिशत कटाएकोले सबै कलस्टरअनुसार सांसद पठाउनुपर्ने हुन्छ।

    Esewa
    nic

    राष्ट्रिय स्वतन्त्र पार्टीले सात जना महिला सांसद पठाउनुपर्छ। जसमध्ये २ जना प्रत्यक्षतर्फबाट जितेका छन्। अब समानुपातिकबाट ५ जना महिला पठाउनुपर्ने हुन्छ। खसआर्यबाट ४ जना, आदिवासी जनजातिबाट ३, दलितबाट २, मधेशीबाट २, थारूबाट १, मुश्लिमबाट १ जना पठाउनुपर्ने हुन्छ।


    तेस्रो आँखा