• ट्रेण्डिङ्ग :
अदालतको फैसलापछि मात्र बालकृष्ण खाणबारे निर्णय लिने कांग्रेसको निष्कर्ष

अदालतको फैसलापछि मात्र बालकृष्ण खाणबारे निर्णय लिने कांग्रेसको निष्कर्ष


  • 2.0K
    SHARES
    • बैशाख २८, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 3.0K Views

    अदालतको फैसलापछि मात्र बालकृष्ण खाणबारे निर्णय लिने कांग्रेसको निष्कर्ष

    काठमाडौ, २८ बैशाख । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई तत्काल कारबाही नगर्ने भएको छ । बिहीबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले नभागेर खाणले अनुसन्धानमा सहयोग गरेको निष्कर्ष निकालेको हो ।

    images

    पूर्व गृहमन्त्री समेत रहेका खाणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्न विषयमा सामान्य छलफल भएपनि तत्काल निर्णय नहुने कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए ।

    'बुटवलबाट काठमाडौँ आएको दोस्रो दिन उहाँलाई निवासबाटै प्रहरीले पक्राउ गरेको छ । उहाँ भाग्न पनि सक्नुहुन्थ्यो । तर उहाँले त्यसो नगरेर अनुसन्धानमा सहयोग गर्नु भएको छ । हामीले यो कुरालाई पनि हुनुपर्छ,' बैठकपछि उनले भने ।

    कांग्रेस दोषीलाई उम्काउने पक्षमा नभएको पनि सहमहामन्त्री परियारको भनाइ छ । अनुसन्धानलाई पार्टीले सघाउनुपर्नेमा सबै सहमत रहेको पनि जानकारी गराए । बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने मत राखेका थिए । 

    बिहीबारको बैठकमा अदालतको फैसलापछि  खाणबारे पार्टीले निर्णय लिने विषयमा सबै  सहमत भएको परियारको दाबी छ ।

     


    तेस्रो आँखा