• ट्रेण्डिङ्ग :
नेपाल अमेरिका पत्रकार संघको अध्यक्षमा सुरज भण्डारी निर्वाचित 

नेपाल अमेरिका पत्रकार संघको अध्यक्षमा सुरज भण्डारी निर्वाचित 


  • 6.0K
    SHARES
    • जेठ ८, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 9.2K Views

    नेपाल अमेरिका पत्रकार संघको अध्यक्षमा सुरज भण्डारी निर्वाचित 

    दाङ, ८ जेठ । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आठौँ अधिवेशन तथा १६ औँ साधारण सम्पन्न भएको छ ।  

    images

    अधिवेशनबाट नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आठौँ अधिवेशन तथा १६ औँ साधारणबाट अध्यक्षमा सुरज भण्डारी निर्वाचित भएका छन् ।

    यसअघि संघको महासचिव रहेका भण्डारीले आइतबार भएको निर्वाचनमा प्रतिस्पर्धी भन्दा झण्डै तेब्बर मत ल्याएर विजयी भएका हुन् । उनले ५४ मत ल्याउँदा उनका प्रतिस्पर्धी मधुकर अधिकारीले १९ मत पाए ।

    नेजामा कुल ८१ जना सदस्य रहेकोमा ७३ जना मात्रै मतदानमा सहभागी भएका थिए । अन्य ८ जना अनुपस्थित थिए ।
    अमेरिकाको टेक्ससमा भएको नेजाको आठौँ अधिवेशन तथा १६ औँ साधारणसभाबाट अन्य पदाधिकारी तथा सदस्यहरू भने निर्विरोध निर्वाचित भएका छन् ।

    अधिवेशनबाट महासचिवमा बाबुराम दाहाल निर्वाचित भएका छन् भने उपाध्यक्षमा सुजन पण्डित, कोषाध्यक्षमा जानु पंगेनी, उत्तर क्षेत्रीय संयोजकमा सुपेन्द्र बस्नेत, पश्चिम क्षेत्रीय संयोजकमा रोशन अधिकारी, मध्य क्षेत्रीय संयोजकमा शंकर थापा र सचिवमा प्रतिमा बास्कोटा निर्वाचित भएका छन् ।

    त्यसैगरी सदस्यहरूमा केशव रेग्मी, झरना अधिकारी, ईश्वरी न्यौपाने र हेमराज बराल निर्वाचित भएको नेजाका संस्थापक अध्यक्ष तथा आठौँ अधिवेशनको निर्वाचन समितिका संयोजक गिरिश पोखरेलले जानकारी दिए । अध्यक्षमा निर्वाचित भण्डारी तेस्रो आँखा डटकम http://tesroaakha.com/ का अन्तर्राष्ट्रिय सम्पादक हुन् ।


    तेस्रो आँखा