दाङ, ८ जेठ । दाङमा बलात्कारको आरोपमा पूर्वक्याम्पस प्रमुख शेषमणि गौतम पक्राउ परेका छन् ।
देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्वक्याम्पस समेत रहेका गौतमले आइतबार दिउँसो २१ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका–५ रातोडाँडास्थित उनकै निवासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।
पीडितले दिएको उजुरीका आधारमा पक्राउ परेका गौतमलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी गौतमले बताए ।
अदालतमा म्याद थप गरेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।
