• ट्रेण्डिङ्ग :
रूखबाट खसेर घाइते भएका बुढाथोकीको मृत्यु 

रूखबाट खसेर घाइते भएका बुढाथोकीको मृत्यु 


  • 3.1K
    SHARES
    • जेठ ९, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    रूखबाट खसेर घाइते भएका बुढाथोकीको मृत्यु 

    दाङ ९ जेठ

    images

    पाल्पाको रैनादेवी छहरा गाउँपालिका-२ सर्देवाका ४७ वर्षीय दिलबहादुर बुढाथोकीको रूखबाट खसेर मृत्यु भएको छ । बुढाथोकी घर नजिकै शमीको रूखमा चढेर घाँस काट्ने क्रममा आइतबार लडेर घाइते भएका थिए ।​

    तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसो करिब ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     


    तेस्रो आँखा