• ट्रेण्डिङ्ग :
दाङमा जीपले स्कुटरलाई ठक्कर दिंदा शिक्षकाको मृत्यु 

दाङमा जीपले स्कुटरलाई ठक्कर दिंदा शिक्षकाको मृत्यु 


  • 2.2K
    SHARES
    • जेठ ११, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 3.4K Views

    दाङमा जीपले स्कुटरलाई ठक्कर दिंदा शिक्षकाको मृत्यु 

    तुलसीपुर, ११ जेठ । दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा एक शिक्षिकाको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका–५ कुमलगढीमा भएको जिपको ठक्करबाट गम्भिर घाइते भएकी तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीया सीता लम्सालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

    images

    जिपको ठक्करबाट गम्भिर घाइते लम्सालको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रमुख मल्लले बताए ।

    बिहीबार बिहान करिब १० बजे हापुरेबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ज ९२३ नम्बरको जीपले विपरित दिशातर्फ गइरहेको रा ७ प ४२३७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

    मृतक लम्साल गुरु जजुर माबि रक्षाचौरका शिक्षक झकु प्रसाद खत्रीकी श्रीमती हुन् । लम्सालले मावि तुलसीपुर धनौरी शान्तिनगरमा कार्यरत थिइन् । उनलाई बिहीबार बिहान विद्यालयमा पढाउने जाने क्रममा जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा