• ट्रेण्डिङ्ग :
रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता

रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता


  • 7.6K
    SHARES
    • जेठ १६, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 11.7K Views

    रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता

    दाङ १६ जेठ 
    टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । टीकापुर घटनामा मारिएका सुरक्षाकर्मी केशव बोहोराकी पत्नी शारदा बोहोराले चौधरीको आममाफी सम्बन्धी निर्णय असंवैधानिक रहेको भन्दै रिट निवेदन दर्ता गराएकी हुन् ।

    images

    सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त रिट निवेदन दर्ता भई बुधबारका लागि पेसी तोकिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीलाई आममाफी दिएका थिए । राष्ट्रपतिको सो निर्णयसँगै चौधरी सोमबार रिहा भइसकेका छन् । चौधरीलाई तीनै तहका अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै आजन्म कारावासको सजाय तोकेका थिए ।


    तेस्रो आँखा