दाङ १६ जेठ
बाँकेको राप्तीसोनारीस्थित पूर्व-राजमार्ग अन्तर्गत ढकेरी नजिक बस र जीप एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । भने ८ जना घाइते भएका छन् । मंगलबार अपराह्न साढे ४ बजे नेपालगन्जदेखि काकडभित्ता जाँदै गरेको भे १ ख ३३३५ नम्बर को बस र बुटवलदेखि नेपालगन्जतर्फ आउँदै गरेको बा १३ च ८२५३ नम्बर जीप ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा गोरखा घर भई हाल सशस्त्र प्रहरी बलमा कार्यरत ३७ वर्षीय सुवास अधिकारी र रुपन्देहीकी ५४ वर्षीया डा। सन्जु खाती खड्का रहेका छन् । सामान्य घाइते भएका बस चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ।
