• ट्रेण्डिङ्ग :
प्रेम सम्बन्ध बिग्रिएपछि प्रेमिका र काकाको हत्या

प्रेम सम्बन्ध बिग्रिएपछि प्रेमिका र काकाको हत्या


  • 5.0K
    SHARES
    • जेठ १८, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 7.7K Views

    प्रेम सम्बन्ध बिग्रिएपछि प्रेमिका र काकाको हत्या

    बुटवल, १८ जेठ । प्रेम सम्बन्ध बिग्रिएपछि रुपन्देहीका एक युवकले प्रेमिका र उनका काकाको चकु प्रहार गरी हत्या गरेका छन् ।

    images

    रुपन्देहीको कञ्चन गाउँपालिका वडा २ का २२ वर्षीय मोहन थारुले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा ६ मटेरिया घर भएकी प्रेमिका २२ वर्षीया अन्जनी थारु र उनका काका ७० वर्षीय बमबहादुर थारुको चक्कु प्रहार गरी हत्या गरेका हुन् ।


    बिहीबार बिहान सवा नौ बजेतिर प्रेमिकाको घर पुगेर मोहनले अन्जनीमाथि चक्कु प्रहार गरेका थिए । मोहनलाई रोक्न पुगेका काकालाई समेत उनले चक्कु प्रहार गरेका थिए ।

    चक्कु प्रहारपछि गम्भीर घाइते बमबहादुरको कपिलवस्तुकै स्थानीय स्वास्थ्य संस्थामा र अन्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन बस्नेतले बताए ।


    चक्कु प्रहार गर्ने मोहन थारुलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको बस्नेतले बताए ।

    मोहन र अन्जनीबीच प्रेम सम्बन्ध रहेपनि पछिल्लो समय सम्बन्ध बिग्रिएको थियो । अन्जनीले मोहनलाई बेवास्ता गर्दै आएकाले त्यसैलाई कारण बनाएर मोहनले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।


    तेस्रो आँखा