• ट्रेण्डिङ्ग :
कांग्रेसभित्रका सबै गुटहरु भत्काऔं : गगन थापा

कांग्रेसभित्रका सबै गुटहरु भत्काऔं : गगन थापा


  • 1.8K
    SHARES
    • जेठ १८, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 2.8K Views

    कांग्रेसभित्रका सबै गुटहरु भत्काऔं : गगन थापा

    काठमाडौं, १८ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटहरुलाई भत्काउनुपर्ने बताएका छन् ।

    images

    बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले कांग्रेस पुनर्निर्माणका निम्ति सबै गुटहरुलाई भत्काउनुपर्ने बताएका हुन् ।

    ‘मेरो आग्रह छ, नेपाली कांग्रेस पार्टीभित्र अब यसलाई सुधार्ने हो भने कांग्रेसभित्र हामीले भएको गुट सबै भत्काउनुपर्छ । जम्मा कांग्रेसमा दुईवटा गुट छ भन्ने बनाऔं । जम्मा दुईवटा गुट काँग्रेसमा अब । एउटा गुट कांग्रेसमा परिवर्तन चाहने गुट । एउटा गुट परिवर्तन रोक्ने गुट । यो दाई, त्यो दाई सबै छोडिदिनुहोस्’ उनले भने ।

    महामन्त्री थापाले कुशासन, बेथिति, भ्रष्टाचार हटाउने विश्वास दिलाउन सक्नुपर्ने बताए ।

    ‘कांग्रेसले कुशासन, बेथिति, भ्रष्टाचार म हटाउँछु र तिमीलाई आजभन्दा भोलि राम्रो बनाउँछु । राम्रो अवसर दिन्छु भनेर आश्वस्त पार्नसक्यो भने यो पार्टीको घर भरिन्छ’ उनले भने, ‘नयाँ मान्छे आउँछन् । नआउने कुरै छैन । कांग्रेस कमजोर हुने कुरै छैन ।’"

     


    तेस्रो आँखा