• ट्रेण्डिङ्ग :
जब अमेरिकी राष्ट्रपति बाइडेन एक कार्यक्रममा लडे

जब अमेरिकी राष्ट्रपति बाइडेन एक कार्यक्रममा लडे


  • 2.4K
    SHARES
    • जेठ १९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 3.6K Views

    जब अमेरिकी राष्ट्रपति बाइडेन एक कार्यक्रममा लडे

    काठमाडौं, १९ जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोमा एयर फोर्स एकेडेमीको कार्यक्रममा भुइँमा पछारिएका छन् । दीक्षान्त समारोहमा सहभागी हुन आएका बाइडेनले मन्तव्य दिएपछि क्याडेटसँग हात मिलाए । त्यसपछि आफ्नो सिटतर्फ जाँदै गर्दा भुइँमा पछारिएका हुन् ।

    images

    वायुसेनाका अधिकारीहरूको सहयोगमा उनी उठे । ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्वीट गर्दै राष्ट्रपति ठिक रहेको र चोट नलागेको स्पष्ट पारेका छन् । बालुवा भरिएको कालो रंगको झोलामा खुट्टा अड्किएर उनी लडेको बताइएको छ ।

    बाइडेन अमेरिकामा राष्ट्रपति पद सम्हाल्ने सबैभन्दा वृद्ध नेता हुन् । ८० वर्षीय डेमोक्र्याट नेताले जनवरी २०, २०२१ मा राष्ट्रपतिको रूपमा शपथ लिएका थिए। उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराएका थिए ।


    बुढ्यौली लागे पनि उनले २०२४ मा फेरि चुनाव लड्ने घोषणा गरेका छन् ।


    तेस्रो आँखा