• ट्रेण्डिङ्ग :
एमाले संसदीय मामिला विभाग प्रमुखमा पृथ्वीसुब्बा गुरुङ, प्रचारमा राजेन्द्र गौतम

एमाले संसदीय मामिला विभाग प्रमुखमा पृथ्वीसुब्बा गुरुङ, प्रचारमा राजेन्द्र गौतम


  • 3.6K
    SHARES
    • जेठ १९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 5.5K Views

    एमाले संसदीय मामिला विभाग प्रमुखमा पृथ्वीसुब्बा गुरुङ, प्रचारमा राजेन्द्र गौतम

    काठमाडौं, १९ जेठ । नेकपा एमालेले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई संसदीय मामिला विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

    images

    नेताहरुको कार्य विभाजन हेरफेर गर्ने क्रममा उपमहासचिव गुरुङलाई प्रचार विभाग प्रमुखबाट हटाएर संसदीय मामिलाको जिम्मेवारी दिइएको छ ।

    प्रचार प्रभाग प्रमुखको जिम्मेवारी राजेन्द्र गौतमलाई दिएको छ। यसअघि संगठन विभाग प्रमुख रहेका खगराज अधिकारीको पनि जिम्मेवारी फेरिएको छ।

    अधिकारीलाई सहरी विकास विभाग दिएर संगठन विभाग प्रमुखमा काशिनाथ अधिकारी ल्याइएको छ ।

    शुक्रबारको सचिवालय बैठकले जिम्मेवारी हेरफेर गर्दा सबै उपाध्यक्ष र सचिवहरुको जिम्मेवारी फेरिएको छ। त्यसबाहेक अरु पदाधिकारीको भने जिम्मेवारी यथावत राखिएको छ ।

    स्थायी कमिटी र पोलिटब्यूरो सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ भने केन्द्रीय सदस्यहरुलाई पालिकाको जिम्मेवारी दिइएको छ ।


    तेस्रो आँखा