• ट्रेण्डिङ्ग :
नेपालमा क्षेत्री जातिका धेरै, चौथोमा थारु

नेपालमा क्षेत्री जातिका धेरै, चौथोमा थारु


  • 3.3K
    SHARES
    • जेठ १९, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 5.1K Views

    नेपालमा क्षेत्री जातिका धेरै, चौथोमा थारु

    दाङ १९ जेठ/ 
    नेपालमा सबैभन्दा धेरै क्षेत्री जातिका मानिस भएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसंख्याको १६.४५ प्रतिशत अर्थात ४७ लाख ९६ हजार ९९५ जना क्षेत्री छन् । २०६८ सालको जनगणनामा क्षेत्री ४३ लाख ९८ हजार ५३ हजरा अर्थात १६.६० प्रतिशत थिए ।

    images

    पहाडी ब्राह्मणको जनसंख्या ११.२९ छ भने तेस्रो नम्बरमा मगर ६.९, चौथो नम्बरमा थारु जातिको जनसंख्या ६.२ प्रतिशत छ । २०६८ मा पहाडी ब्राह्मणको जनसंख्या ३२ लाख २६ हजार ९०३ अर्थात १२.१८ प्रतिशत थियो । सबभन्दा कम नुराङ जातिका छन् । उनीहरुको संख्या जम्मा ३६ रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । २०६८ सालको जनगणनामा सबैभन्दा थोरै कुसुन्डा २७३ जना थिए भने नुराङ जातिको संख्या २७८ थियो ।


    तेस्रो आँखा