• ट्रेण्डिङ्ग :
यार्सा टिप्न डोल्पा गएका जाजरकोटका एक पुरुषको मृत्यु

यार्सा टिप्न डोल्पा गएका जाजरकोटका एक पुरुषको मृत्यु


  • 3.8K
    SHARES
    • जेठ २०, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 5.9K Views

    यार्सा टिप्न डोल्पा गएका जाजरकोटका एक पुरुषको मृत्यु

    सुर्खेत, २० जेठ । यार्सा टिप्नका लागि डोप्पा पुगेका जाजरकोटका एक जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा जाजरकोट बारेकोट गाउँपालिका–८ जुगेना बस्ने अन्दाजी ३९ वर्षीय जंगबहादुर भुल रहेका छन् ।  उनी गत वैशाख २२ गते देखिनै यार्सा टिप्न भनि घरबाट निस्किएर डोल्पाको डोल्पोबुद्ध गाउँपालिका– ३ टाँस्कीस्थित रहेको थाङबुचे पाटनमा आएको डोल्पा प्रहरीले जनाएको छ । 

    images

    शुक्रबार उनलाई एक्कासी श्वासप्रश्वासमा समस्या आएको थियो । उपचारका लागि डोल्पोबुद्ध गाउँपालिका– १ धोमा ल्याई माउण्टेन स्टार होटलमा राखिएको थियो । स्थानीय स्वास्थ्यकर्मीद्वारा उपचार भैरहेकै अवस्थामा उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।


    तेस्रो आँखा