• ट्रेण्डिङ्ग :
नागरिकता विधेयक प्रमाणिकरण गरेर राष्ट्रपतिले संवैधानिक संकट टार्नुभयो– कांग्रेस

नागरिकता विधेयक प्रमाणिकरण गरेर राष्ट्रपतिले संवैधानिक संकट टार्नुभयो– कांग्रेस


  • 3.0K
    SHARES
    • जेठ २०, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 4.5K Views

    नागरिकता विधेयक प्रमाणिकरण गरेर राष्ट्रपतिले संवैधानिक संकट टार्नुभयो– कांग्रेस

    दाङ २० जेठ /
    नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर संवैधानिक कर्तव्य पूरा गर्नुका साथै संवैधानिक संङ्कट टारेको बताएको छ ।

    images

    कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले शनिबार एक विज्ञप्ति जारी गरी राष्ट्रपतिको कदमको दुष्प्रचार र संविधानको अपव्याख्या भइरहेको बताएका छन् । कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति पौडेलले संसद र संविधानको सम्मान र संरक्षण गरेको पनि दाबी गरेको छ ।

    संसदले सबै प्रक्रिया पूरा गरेर पारित र प्रमाणित गरी दोस्रो पटक प्रस्तुत गरेको नागरिकता विधेयक संविधानको धारा ११३ को उपाधारा ९४० बमोजिम प्रमाणीकरण गर्नैपर्ने संवैधानिक प्रावधानलाई तत्कालिन राष्ट्रपतिले बेवास्ता गरेर अलपत्र छाडेको प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।

    ‘तत्कालीन राष्ट्रपतिले अलपत्रमा पारेको विधेयकलाई सोही धारा बमोजिम प्रमाणीकरण गरेर वर्तमान राष्ट्रपतिले संसदको सार्वभौमिकताको रक्षा र संविधानको संरक्षण गर्ने संवैधानिक कर्तव्य पुरा गर्नुका साथै संवैधानिक संकट टार्दै राष्ट्रिय एकताको रक्षा समेत गर्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।Nepali-congress.jpg


    तेस्रो आँखा