• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभामा आजबाट बजेटमाथि छलफल सुरु हुँदै

प्रतिनिधिसभामा आजबाट बजेटमाथि छलफल सुरु हुँदै


  • 2.6K
    SHARES
    • जेठ २१, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.0K Views

    प्रतिनिधिसभामा आजबाट बजेटमाथि छलफल सुरु हुँदै

    दाङ २१ जेठ /
    आजबाट संसदमा वार्षिक बजेटमाथि छलफल सुरु हुँदैछ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/०८१ राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    images

    अर्थमन्त्री महतले जेठ १५ गते संसदमा बजेट पेश गरेका थिए । यस्तै बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । पूर्वमन्त्री मीना पाण्डको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।


    तेस्रो आँखा