• ट्रेण्डिङ्ग :
नेपालले जित्यो मलेसियाविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला

नेपालले जित्यो मलेसियाविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला


  • 3.2K
    SHARES
    • जेठ २१, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.9K Views

    नेपालले जित्यो मलेसियाविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला

    दाङ २१ जेठ/ 
    मलेसियासँगको ५ खेलको टी-२० क्रिकेट शृंखला नेपालले जितेको छ । पाँचौ तथा अन्तिम खेलमा मलेसियालाई ३ विकेटले हराउँदै नेपाले शृंखला ३-२ ले जितेको हो । नेपालले २ वर्षपछि जितेको यो पहिलो सिरिज हो । यसअघि सन् २०२१ मा नेपालले कतारविरुद्धको सिरिज जितेको थियो ।

    images

    घरेलु टोली मलेसियाले जितका लागि दिएको ११० रनको लक्ष्य नेपालले खेल सकिन ४ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन सिता राना मगरले ३४ रन बनाइन् । उनले ३७ बलमा ६ चौका हानिन् । रुबिना क्षेत्रीले २३ तथा अप्सरी बेगमले १५ रन बनाइन् ।

    मलेसियाका लागि अइना हमिजा हसिमले सर्वाधिक २ विकेट लिइन् । यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा १०९ रन बनाएको थियो । मलेसियाको लागि ओपनर वान जुलियाले सर्वाधिक ४७ रन बनाइन् । विनफ्रेड दुराइसिंगमले २४ र माहिरा इजातीले २० रन बनाइन् ।

    पहिलो विकेटका लागि वान जुलिया र विनफ्रेड दुराइसिंगमले ३८ रनको साझेदारी गरेका थिए । नेपालकी कविता जोशीले आठौं ओभरमा विनफ्रेडलाई एलबीडब्लु धरापमा पार्दै साझेदारी तोडिन् । त्यही ओभरमा कप्तान मास एलिसालाई कविताले जोशीले एलबीडब्लु आउट गरिन् ।

    त्यसपछि वान जुलिया र माहिरा इजातीले तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरे । इश्वरी विष्टले १९औं ओभरमा माहिरालाई आउट गर्दै यो साझेदारी तोडिन् ।

    अन्तिम ओभरमा मलेसियाका दुई खेलाडी रनआउट भए । नेपालको लागि कविता जोशीले ४ ओभरमा १२ रन मात्र खर्चिएर २ विकेट लिए । ईश्वरीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् ।


    तेस्रो आँखा