• ट्रेण्डिङ्ग :
पहिचानको कुरा गर्दा निर्दोषहरुलाई जेलमा राख्ने काम भयो : रेशम चौधरी

पहिचानको कुरा गर्दा निर्दोषहरुलाई जेलमा राख्ने काम भयो : रेशम चौधरी


  • 30.5K
    SHARES
    • जेठ २१, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 47.0K Views

    पहिचानको कुरा गर्दा निर्दोषहरुलाई जेलमा राख्ने काम भयो : रेशम चौधरी

    तुलसीपुर २१ जेठ/  
    नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जब थारुहरुले परिचानको कुरा अगाडी सार्छ तब जातियवादको आरोप लाग्ने गरेको बताएका छन् । आइतवार तुलसीपुरमा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्वोधन गर्दै उनले आफुहरु जातियवाद नभएको तर केही साथीहरु अतिवादमा लागेको बताएका हुन् । जस्को घर बोर्डरमा प्रदैन, जस्को जग्गा वोर्डरमा प्रदैन्, जस्लाई दुई देशका व्यक्तिले सताएनन् उनीहरु नै अहिले अति राष्ट्रवादी ठहरिने गरेको बताए । साथै उनले दुई देशबीचको वोर्डरमा बसेर आफ्नो देशको सिमा रक्षा गर्ने व्यक्ति थारुहरु नै रहेको बताए ।

    images

    जुब बेला यो देशमा सरकार संग सिमाना जोगाउनको लागि बोर्डरमा गाड्ने खम्बा थिएन् पर्याप्त मात्रामा शुरक्षाकर्मी थिएनन् त्यसबेला थारु समुदायका ब्यक्तिहरुले सालको खम्बा गाडेर यो देशलाई बचाएको बताए । तर आज तिनै देश जोगाउनेहरुले आफ्नो पहिचाम माग्दै गर्दा थरुहट प्रदेश माग गर्दै गर्दा निर्दोषहरुलाई जेलमा राखेको आरोप लगाए ।

    ‘हामीले मान्छे मारेका हैनौ, मान्छे जस्ले मार्यो खोजेर ल्याउ, टिकापुर घटना कुनै एउटा बन्द कोठामा भएको घटना होईन, टिकापुर घटना ३० औं हजार जनताको देखेका छन् । ति जनताले देखेका छन् कस्ले कस्लाई मार्यो भनेर जस्ले मार्यो उसलाई जेल राख्नुस्,उनले भने तर हामी खेतबारीमा काम गरिरहेका किसानलाई झुठो आरोपमा जेल हालियो । म त्यो घटना हुँदा गुलरियामा थिए मलाई पनि त्यही घटनामा मुछियो उनले भने ।

    साथै उनले अब नागरिक उनमुक्ति पार्टी पछि नपर्ने पनि बताए । हाम्रो पार्टी पछि प्रर्दैन किन की यो थरुहटको पहिचान संग जोडिए पार्टी हो, ढकिया चिन्ह थारुहरुको पहिचान हो, उनले भने । साथै चौधरीले आफु जेलबाट बाँचेर फर्किन्छु भन्ने कल्पना समेत नगरेको बताए । तर पनि आफुलाई कहिले कमजोर नठानेको उनको भनाई छ । चौधरीले अबको बचेको जिन्दगी थारुहरुको पहिचानका साथै उत्पीडित, दलित मधेसी मुस्लिम पछाडी परेको वर्गको लड्ने बताए । मेरो यो दोस्रो जीवन हो, त्यस कारण म पहिचानको लागि लड्छ, नागरिक उन्मुक्ति पार्टी र चुनाव चिन्न ढकिया जनताहरुको लागि हो उनले भने ।   


    तेस्रो आँखा