• ट्रेण्डिङ्ग :
पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु

पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु


  • 2.8K
    SHARES
    • जेठ २१, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.3K Views

    पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु

    बुटवल, २१ जेठ । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीतर्फ गइरहेको लु १ च ९०२४ नम्बरको जिप पाल्पाको रैनादेवी छहरा ८, सत्यवतीस्थित केवरेडाँडामा दुर्घटनामा परेको हो।

    images

    मृतकमध्ये दुई महिला र एक पुरुष रहेका छन् । घाइते भएकाहरुलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको पाल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले बताए ।

    उनका अनुसार दुर्घनाग्रस्त जीप सडकदेखि करिब ७० मिटर तल खसेको छ। दुर्घटनाका  मृतक र घाइतेको पहिचान खुल्न बांकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी थापाले बताए ।

    दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा