• ट्रेण्डिङ्ग :
आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै


  • 2.7K
    SHARES
    • जेठ २२, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 4.2K Views

    आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

    काठमाडौँ , २२ जेठ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । हिजो विपक्षी दलहरूले अवरुद्ध गरेपछि स्थगित भएका बैठक आज बस्न लागेका हुन् ।

    images

    आइतबार दुवै सदनको बैठक सुरु हुनेबित्तिकै एमाले लगायत प्रतिपक्षी दलहरूले विरोध गर्दं बैठक अवरुद्ध पारेका थिए ।

    विपक्षी दलहरूले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक एक घण्टाका लागि स्थगित गरेका थिए । तर, दलहरूबीच सहमति हुन नसकेपछि आइतबार बैठक बस्न सकेन ।

    विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयलाई लिएर संसदमा विरोध गरेका थिए ।

    आज प्रतिनिधि सभा बैठक ११ बजेका लागि बोलाइएको छ । बैठक सञ्चालनका लागि आज सभामुखले दलहरूसँग छलफल गर्नेछन् ।

    राष्ट्रिय सभा पनि आज १ बजेका लागि बोलाइएको छ ।

    दुवै सदनमा गत १५ गते अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने तयारी गरिएको छ ।


    तेस्रो आँखा