काठमाडौं, २२ जेठ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डसँग टेलिफोन सम्वाद गरेका छन् ।
आइतबार प्रमुख विपक्षीसहित तीन दलले संसद बैठक अवरोध गरेपछि सभामुखले सदनको अवरोध हटाउन छलफल सुरु गरेका हुन् । उनले टेलिफोनमार्फत बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्न आग्रह गरेका हुन् ।
सभामुखले समयमा नै संवादबाट निकास खोजेर संसदको अवरोध अटाउन सरकारकार तर्फबाट पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको स्रोतले जानकारी दियो ।
सभामुखसँगको संवादमा प्रधानमन्त्रीले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको बताउँदै आज (सोमबार)को संसद्मा आफूले जवाफ दिने बताएका छन् ।
सभामुखले एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही मार्फत विपक्षी दलहरुलाई बजेट पारित गर्ने समयसीमा बुझिदिन आग्रह गरेका छन् ।
भारत भ्रमण जानुअघि नागरिकता विधयेक प्रमाणित गरेको तथा सीमा विवाद मिलाउनका लागि बंगलादेश जाने सहज बाटो दिए भारतसँग कालापानी साट्न मन्जुर रहेको जनाएपछि एमालेलगायत प्रतिपक्ष दलले प्रधानमन्त्रीकोा जवापः माग गर्दै हिजोबाट सदन अवरुद्ध गरेका थिए ।
