• ट्रेण्डिङ्ग :
अनधिकृत व्यक्तिले करको दर चलाएको बारे अर्थमन्त्रीको स्पष्टीकरण : सधैं टाइप गर्ने मान्छेलाई नै ‘हायर’ गरिएको हो

अनधिकृत व्यक्तिले करको दर चलाएको बारे अर्थमन्त्रीको स्पष्टीकरण : सधैं टाइप गर्ने मान्छेलाई नै ‘हायर’ गरिएको हो


  • 4.6K
    SHARES
    • जेठ २२, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 7.1K Views

    अनधिकृत व्यक्तिले करको दर चलाएको बारे अर्थमन्त्रीको स्पष्टीकरण : सधैं टाइप गर्ने मान्छेलाई नै ‘हायर’ गरिएको हो

    काठमाडौं, २२ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले इमानदारपूर्वक काम गर्दा हिलो छ्याप्ने काम भएको बताएका छन् । करको दरमा अनधिकृत व्यक्ति प्रवेश गरेको समाचार र संसदमा उठेको प्रसँग जोड्दै अर्थमन्त्री महतले आफूले इमानदारपूर्वक बजेटको प्याकेजिङ गरेको बताए ।

    images

    उनले करको दरहरुमा हार्मोनाइजेसन कोड(एचएस) विगतदेखि जसले टाइप गर्दै आएको हो उसैले टाइप गरेको भन्दै करको दर हेरफेरमा कुनै अनधिकृत व्यक्तिको प्रवेश नरहेको दाबी गरेका छन् ।

    ‘बजेट बनाउँदा अर्थमन्त्री, राजस्व र अर्थको दुई वटा सचिव, राजस्व, आन्तरिक राजस्व विभाग र भन्सार विभाग प्रमुख र त्यसलाई हेर्ने दुई वटा उपसचिव हुन्छ, त्यो मात्रै हुन्छ,’ उनले भने, ‘विगतदेखि नै जसले टाइप गर्ने गरेको हो, उसैले बजेट टाइप गरेको हो । सधैं टाइप गर्ने मान्छे मन्त्रालयले ‘हायर’ नै गरिएको हुन्छ, जो आधिकारिक मान्छे हुन्छ ।’

    बजेट र राजस्वको दर चलाउने टिमले हस्ताक्षर गरेर टुंग्याएको विषय नै टाइप गर्नेले इन्ट्री गर्ने उनको दाबी छ ।

    काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटीले सोमबार आयोजना गरेको पोष्ट बजेट कार्यक्रममा बोल्दै उनले कसैलाई फाइदा हुने गरी र कसैलाई घाटा हुने गरी बजेट नल्याएको दाबी गरे ।

    अर्थमन्त्री महतले भने, ‘कसैले फाइदा उठाउन नपाएर रिसाएको हुनसक्छ । कसैलाई फाइदा, कसैलाई घाटा हुने गरी गरेको छैन । बरु कर्मचारी, व्यवसायीलाई सोध्नुस्’ उनले इमानदारपूर्वक काम गर्दा हिलो छ्याप्ने काम भइरहेको बताए ।

    ‘कसैको फाइदाका लागि काम नगर्दा नियोजित रुपमा आक्षेप लागिरहेको छ, इमानदारपूर्वक काम गर्दा पनि हिलो छ्याप्ने हो भने देशमा इमानदार मान्छेको काम छैन’, अर्थमन्त्री महतले भने । उनले बजेट बनाउँदा कतिपय साथीहरुलाई किन आउनुभयो भन्दै गाली गरेको समेत उल्लेख गरे ।


    तेस्रो आँखा