• ट्रेण्डिङ्ग :
कैलालीको जंगलमा गाडेको अवस्थामा महिलाको शव फेला

कैलालीको जंगलमा गाडेको अवस्थामा महिलाको शव फेला


  • 4.1K
    SHARES
    • जेठ २३, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 6.3K Views

    कैलालीको जंगलमा गाडेको अवस्थामा महिलाको शव फेला

    धनगढी, २३ जेठ । कैलालीमा सामुदायिक वनमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

    images

    जिल्लाको गौरीगंगा नगरपालिका–२ की २७ वर्षीया कविता बुढाको शव घर नजिकैको सामुदायिक वनमा गाडेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।

    उनकाअनुसार महिला बुढाको शव केदारेश्वर सामुदायिक वनमा गाडिएको अवस्थामा भेटिएको हो ।

    बुढाका परिवारले उनी हराएको भन्दै सोमबारमात्र खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । उनको कसैले हत्या गरेर शव गाडेको हुनसक्ने प्रहरीले बताएको छ ।

    घटनाबारे अनुसन्धान जारी छ । मृतक बुढाका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् भने उनका दुई जना छोराछोरी रहेका छन् ।


    तेस्रो आँखा