• ट्रेण्डिङ्ग :
खानेपानीको पाइप जल्दा पानी अवरुद्ध

खानेपानीको पाइप जल्दा पानी अवरुद्ध


  • 8.7K
    SHARES
    • जेठ २३, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 13.4K Views

    खानेपानीको पाइप जल्दा पानी अवरुद्ध

    तुलसीपुर, २३ जेठ । जंगलमा भएको आगलागीका कारण तुलसीपुर ८ स्थित अश्वारा खानेपानीको पाइप जल्दा खानेपानी अवरुद्ध भएको छ । फुलबारी सामुदायिक वनमा लागेको डढेलोका कारण अश्वारा खानेपानीको पाइपलाइन जल्दा विगत ३ दिनदेखि पानी अवरुद्ध हुँदा गाउँमा पानीको समस्या भएको छ । 

    images

    तुलसीपुर–३ को भट्टेदेखि राउटेचौरसम्म ठाउँ ठाउँमा मुख्य पाइपलाईन जलेको छ । पाइप गाड्न नमिल्ने ठूला चिरामा पोलिथिन पाइप जलेको अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष शिवहरी भण्डारीले जानकारी दिए ।


    पाइप मर्मत गरेपनि ठाउँठाउँमा जलेर फुल्लिएका कारण पानीको प्रेसरले पुनः फुट्ने गरेको अध्यक्ष भण्डारीले बताए । 

    अधिकाँस पुराना र कच्चि घरहरु भएका कारण उपभोक्ताको घरमा पानी जम्मा गर्ने टयाङ्की नहुँदा झनै समस्या भएको छ । धारामा पानी आउँदा गाग्री, जर्किनमा भर्ने र धारा नआउँदा गाग्री जर्किन पनि रित्तै हुने भएकाले खानेपानीदेखि, शौचालयसम्म प्रयोगका लागि पानीको समस्या भएको छ । 

    पानी वितरण केन्द्रहरुमा पनि सबै ट्याङ्की पानि पुर्याउन वुक भएका कारण पैसा तिरेर खाने अवस्था पनि छैन अध्यक्ष भण्डारीले भने । साथै गएराती २ सय मिटर खानेपानीको पाइप समेत चोरी भएको अध्यक्ष भण्डारीले जानकारी दिए ।


    तेस्रो आँखा