• ट्रेण्डिङ्ग :
नेपाल पहिलो खेलमा म्यानमारसँग ५–० ले पराजित

नेपाल पहिलो खेलमा म्यानमारसँग ५–० ले पराजित


  • 6.3K
    SHARES
    • जेठ २३, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 9.7K Views

    नेपाल पहिलो खेलमा म्यानमारसँग ५–० ले पराजित

    काठमाडौं, २३ जेठ । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल मंगलबार घरेलु टोली म्यानमारसँग ५–० ले पराजित भएको छ ।

    images

    समूह बी मा आफ्नो पहिलो खेलमा नेपालले कडा चुनौती प्रस्तुत गर्ने लक्ष्य राखे पनि गोल गर्न सकेन ।

    याङ्गुनस्थित युवुन्ना स्टेडियममा भएको खेलमा घरेलु टोली म्यानमारका लागि यिन लुन इयानले ह्याट्रिक गरिन् ।

    उनले ४४औं, ४७औं र ९०औं मिनेटमा गोल गरिन् । यस्तै जिन मोए प्याएले २२औं र युन वादी हलाइङ्गले ६९औं मिनेटमा गोल गरिन् ।

    मंगलबारै भएको समूह बी को पहिलो खेलमा चीनले चाइनिज ताइपेईलाई १(० ले पराजित गरेको छ । नेपालले दोस्रो खेल बिहीबार चीनसँग खेल्नेछ ।


    तेस्रो आँखा