• ट्रेण्डिङ्ग :
राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने


  • 2.5K
    SHARES
    • जेठ २४, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 3.9K Views

    राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

    काठमाडौं, २४ जेठ । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बिहान ११ बजेर ११ मिनेटमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबारे जानकारी गराउने छन् ।

    images

    त्यसपछि बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल हुनेछ । यसअघि मंगलबार  बस्ने भनिएको राष्ट्रिसभा बैठक प्रधानमन्त्री दाहालले सम्बोधन गर्न नभ्याउने भएपछि स्थगित गरिएको थियो । 

    त्यस्तै आज नै प्रतिनिधिसभा बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि बोल्न बाँकी सदस्यहरूले धारणा राख्ने कार्यसूची छ ।  

    सांसदले धारणा राख्नेक्रम सकिएपछि छलफलमा उठेका प्रश्नको अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिनेछन् । 


    तेस्रो आँखा