• ट्रेण्डिङ्ग :
बिदेश पठाईदिने भन्दै करोड ठगी 

बिदेश पठाईदिने भन्दै करोड ठगी 


  • 5.9K
    SHARES
    • जेठ २५, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 9.0K Views

    बिदेश पठाईदिने भन्दै करोड ठगी 

    शरद रेग्मी,तुलसीपुर २५ जेठ/  
    क्यानडा र पोल्याण्ड पठाउँने भनेर विभिन्न ब्यक्तिहरुबाट लाखौँ पैसा लगेर तुलसीपुर ७ बस्ने अंकित अधिकारी फरार भएपछि पीडितहरु ठगिएका छन् । दाङका विभिन्न ब्यक्तिहरुलाई क्यानडा र पोल्याण्ड पठाउने भनेर नक्कली भिसा र टिकट देखाएर उनीले एक लाखदेखि २७ लाखसम्म पैसा अशुलेर भागेपछि पीडितहरु बुधबार रिपोटर्स क्लब दाङमा पत्रकार सम्मेलन गरेर आफुहरु ठगिएको बताएका छन् ।

    images

    तुलसीपुर उपमहानगरपालिका २ खैरीपुरका गंगा बहादुर डाँगी  करिब २ महिना जेठ १६ गते क्यानडाको  उडान हुने भन्दै उनी घरबाट विदाई भएर काठमाडौँ गए । अधिकारीले नक्कली टिकट र भिष्सा देखाएर विदाई भएर गएका उनी काठमाडौँ गएपछि मात्र ठगिएको थाहा पाए । उनले विभिन्न मितिमा अधिकारीलाई २५ लाख बुझाएको बताए ।
    यस्तै अर्का रोहित केसीले पनि अंकितलाई क्यानडा जाने भनेर २७ लाख विभिन्न समयमा बुझाए । उनी पनि क्यानडा जानको लागि काठमाडौँ गए । उडान हुने दिनसम्म कुनै पनि कागजपत्र नपाएपछि आफू ठगिएको उनले थाहा पाए । 
    तुलसीपुर उपमहानगरपालिका १५ का गगन कार्कीले पनि छोरालाई क्यानडा पठाउनका लागि १७ लाख बुझाए थिए । उनीलाई पनि अंंकितले नक्कली टिकट र पैसा देखाएर पैसा लगेका छन् । आफूहरुले यसरी ठगिएको जानकारी  प्रहरी प्रशासनलाई दिएको समेत उनले बताए । कार्यक्रम रिपोटर्स क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको  थियो ।


    तेस्रो आँखा