• ट्रेण्डिङ्ग :
१८ लाख बढीको गहना र नगद चोरी

१८ लाख बढीको गहना र नगद चोरी


  • 5.9K
    SHARES
    • जेठ २५, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 9.1K Views

    १८ लाख बढीको गहना र नगद चोरी

    काठमाडौं २५ जेठ /
    भक्तपुरका दुई ठाउँमा ठूलो परिमाणमा सुनका गहना चोरी भएको छ । बुधबार भक्तपुरको मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा सुनका गरगहना र नगद गरी १८ लाखभन्दा बढीको चोरी भएको हो ।

    images

    चाँगुनारायण नगरपालिका–५ छालिङ भीमसेन टोलकी निर्मला वनको घरबाट दिउँसै ढोकाको ताला फुटाई १० लाख ९६ हजार छ सय २५ सुनको विभिन्न गहना र नगद रु ३१ हजार चोरी भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

    त्यस्तै, प्रहरीका अनुसार झापा दमक नगरपालिका–३ घर भई मध्यपुरथिमि नगरपालिका–३ कौशलटार कुटु टोलमा बस्ने भएकी बबिता भट्टराईको डेराबाट रु सात लाख १२ हजार बराबरको सुनका गरहगहना र नगद रु १६ हजार नगद चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।


    तेस्रो आँखा