• ट्रेण्डिङ्ग :
गढवा र राजपुरमा सडक, खानेपानीको व्यवस्था गर्न शर्माको ध्यानाकर्षण

गढवा र राजपुरमा सडक, खानेपानीको व्यवस्था गर्न शर्माको ध्यानाकर्षण


  • 3.5K
    SHARES
    • जेठ २५, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.4K Views

    गढवा र राजपुरमा सडक, खानेपानीको व्यवस्था गर्न  शर्माको ध्यानाकर्षण

    दाङ २५ जेठ/  
    समानुपातिक सांसद नारायणी शर्माले भारतको सिमानामा पर्ने दाङको गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका जनताको शिक्षा स्वास्थ्य बाटो लगायतका विषयमा कुनै सुविधा पाउन नसकेको बताइन् ।

    images

    बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शर्माले स्वच्छ खानेपानीको अभावमा त्यहाँका जनताहरू हरेक वर्ष झाडापखालाको सिकार हुने गरेको सदनमा जानकारी गराइन । बर्सातको बेला खोलाको धमिलो पानी पिउन बाध्य हुनुपर्ने अवस्था रहेको उनले बताइन् ।

    सांसद शर्माले भनिन्–‘बर्सातको बेला खोलामा आएको धमिलो पानी गाग्रीमा हालेर थिग्राएर खानुपर्ने अवस्था रहेको छ । सरकारले यो समस्या समाधानका लागि ध्यान पुर्यायोस । सो क्षेत्रमा खानेपानी, बाटो, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर सरकारले काम गरोस् भनेर सभामुख मार्फत ध्यानाकर्षण गराउँछु ।’ 


    तेस्रो आँखा