• ट्रेण्डिङ्ग :
राष्ट्रिय सभाको बैठक आज बस्दै
राष्ट्रिय सभा बैठकमा आज अर्थमन्त्रीले जवाफ दिने

राष्ट्रिय सभा बैठकमा आज अर्थमन्त्रीले जवाफ दिने


  • 2.6K
    SHARES
    • जेठ २६, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.0K Views

    राष्ट्रिय सभा बैठकमा आज अर्थमन्त्रीले जवाफ दिने

    काठमाण्डौ, २६ जेठ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । 

    images

    बिहान ११ बजे ३१ मिनेटमा स‌सद् भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले आफ्नो धारणा राख्ने संसद् सचिवालयले बताएको छ।

    त्यस्तै, आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूचीमा राखिएको छ।

    सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको छ।

    नेकपा (एमाले)ले बजेट सच्याउन माग गरेको छ। अरू प्रतिपक्षी दलका सांसदले बजेटले अहिलेको आर्थिक संकट निवारण गर्न नसक्ने धारणा राखेका छन्।


    तेस्रो आँखा