• ट्रेण्डिङ्ग :
सभापतिको मनोमानीले कांग्रेसको विधान नभएको जस्तो भयो : नेता केसी

सभापतिको मनोमानीले कांग्रेसको विधान नभएको जस्तो भयो : नेता केसी


  • 2.0K
    SHARES
    • जेठ २६, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 3.0K Views

    सभापतिको मनोमानीले कांग्रेसको विधान  नभएको जस्तो भयो : नेता केसी

    काठमाडौँ, २६ जेठ । नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले विधान मिचेर आफूखुसी मनलाग्दी गरेको आरोप लगाएका छन् ।

    images

    नेपाली कांग्रेसको रूपान्तरण अभियानका लागि सुदूरपश्चिम पुगेका नेता केसीले सो कुरा बताएका हुन् ।

    सभापतिले विधान मिचेर आज क्रियाशील लिएको मान्छेले भोलि नै केन्द्रीय सदस्य बन्ने बाटो लिएको टिप्पणी गरे ।

    ‘सभापतिको नजिक भएपछि आज क्रियाशील सदस्य लिन्छ । उहाँले १० वर्ष प्रमाणित गर्दिनुहुन्छ भोलि केन्द्रीय सदस्य लड्छ । यस्तो अवस्था कहाँ छ ?’ उनले भने ।

    नेता केसीले कांग्रेसको विधान मिचिँदै विधान नै नभएको जस्तो अवस्थामा पार्टी रहेको भन्दै कटाक्ष गरे । उनले पार्टीको केन्द्रीय कमिटी बैठक हरेक दुई दुई महिनामा बस्नुपर्ने भए पनि १० महिनायता बैठक बस्न नसकेको भन्दै सभापतिको आलोचना गरे । 

    नेता केसीले पार्टी रुपान्तरणका लागि देशभरका कार्यकर्ताहरु उठ्नुपर्ने बेला आएको बताए ।

    कांग्रेसको संस्थापन इतरले सुरु गरेको रूपान्तरण अभियान मधेस, बागमती, गण्डकी, कर्णाली हुँदै सुदूरपश्चिम पुगेको छ । सबै प्रदेशगत अभियान सकिएपछि जिल्ला र क्षेत्रगत अधिवेशन गर्ने तयारी गरिएको छ ।


    तेस्रो आँखा