• ट्रेण्डिङ्ग :
माओवादीले बनायो नयाँ भ्रातृ संगठन, देवेन्द्र सम्बाहाम्फेको नेतृत्वमा रिटर्नी सेन्टर

माओवादीले बनायो नयाँ भ्रातृ संगठन, देवेन्द्र सम्बाहाम्फेको नेतृत्वमा रिटर्नी सेन्टर


  • 2.0K
    SHARES
    • जेठ २६, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 3.1K Views

    माओवादीले बनायो नयाँ भ्रातृ संगठन, देवेन्द्र सम्बाहाम्फेको नेतृत्वमा रिटर्नी सेन्टर

    काठमाडौँ, २६ जेठ । नेकपा माओवादी केन्द्रले देवेन्द्र सम्बाहाम्फेको नेतृत्वमा ९९ सदस्यीय रिटर्नी सेन्टर नेपाल नामक नयाँ भ्रातृ गठन गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सङ्गठित गर्ने उद्देश्यले प्रथम राष्ट्रिय भेला गरेर रिटर्नी सेन्टरको गठन गरिएको हो ।

    images

    सम्बाहाम्फेको नेतृत्वमा ९९ सदस्यीय तदर्थ समिति गठन गरिएको नेता निमेष ओलीले बताए । ‘अहिले देवेन्द्र सम्बाहाम्फेको नेतृत्वमा ९९ सदस्यीय कमिटी मात्रै बन्ने छ । अरू पदाधिकारी हुने छैनन्’ ओलीले भने, ‘सात प्रदेशमा प्रदेशमा सहसंयोजक, सचिव र आर्थिक विभाग प्रमुख बनाएर पालिकासम्म विस्तार गर्ने छौँ ।’ आगामी ६ महिनाभित्र अधिवेशन गरेर केन्द्रदेखि पालिकासम्मको नेतृत्व टुङ्गो लगाइने ओलीले बताए । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई पार्टीमा जोड्नुका साथै उनीहरूको सीप र क्षमता सदुपयोग गर्ने नीति पार्टीले बनाएको छ । माओवादीले पहिलो पटक रिटर्नी सेन्टर बनाएर विदेशबाट फर्किएका युवालाई संगठित गर्न लागेको हो । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रथम राष्ट्रिय भेलाको उद्घाटन गरेका थिए । 


    तेस्रो आँखा