• ट्रेण्डिङ्ग :
गोरखाको रानीपोखरीमा डुबेर बालकको मृत्यु

गोरखाको रानीपोखरीमा डुबेर बालकको मृत्यु


  • 2.2K
    SHARES
    • जेठ २६, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 3.4K Views

    गोरखाको रानीपोखरीमा डुबेर बालकको मृत्यु

    गोरखा, २६ जेठ । गोरखा सदरमुकामको पदेलीस्थित रानीपोखरीमा डुबेर शुक्रवार एक बालकको मृत्यु भएको छ ।

    images

    धार्चे गाउँपालिका–५ सिङ्लाका आठ बर्षिय मनिष गुरुङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    करिब पाँचबजे उनीसहित चार जना पोखरीमा पौडी खेल्न गएका थिए । पोखरीमा डुबेर उत्रन नसकेपछि साथीहरुले हारगुहार गरेका थिए ।

    स्थानीय र प्रहरीको सहयोगमा गुरुङलाई पोखरीबाट निकालेर गोरखा अस्पताल लगिएको थियो ।

    अस्पताल पु¥याए लगतै चिकित्सकले उनलाई मृत घोषणा गरेको गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए । मृतक गुरुङ गोरखा नगरपालिका–६ डाँडगाँउ स्थित मामाको घरमा बस्दै आएका थिए ।


    तेस्रो आँखा