काठमाडौँ, २७ जेठ । जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्दै छ । विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बैठक पार्टी कार्यालयमा दिनको १ बजे बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
