• ट्रेण्डिङ्ग :
जसपाले नचाहँदा नचाहँदै जनमत पार्टी सरकारमा सहभागी हुँदै

जसपाले नचाहँदा नचाहँदै जनमत पार्टी सरकारमा सहभागी हुँदै


  • 1.8K
    SHARES
    • जेठ २७, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 2.8K Views

    जसपाले नचाहँदा नचाहँदै जनमत पार्टी सरकारमा सहभागी हुँदै

    काठमाडौं, २७ जेठ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो देशको भूभागको बारेमा बोल्न नसक्नेहरूको हातमा देशको नेतृत्व रहेको आरोप लगाएका छन्।

    images

    शनिबार राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले यस्तो आरोप लगाएका हुन्। उनले देश जोगाउने लडाइँ, धर्म जोगाउने लडाइँमा एकचोटी तपाईँहरूको साथ र सहयोग चाहिएको बताएका छन्।

    ‘आज हेर्नुहोस् त देशको जिम्मा लिएको राजनीतिक दलहरू र व्यक्तिहरूका क्रियाकलाप कस्तो प्रकारका छन्? देशका नदीनालाहरू विदेशीलाई जिम्मा लगाउन पाउँदाखेरि उपलब्धि ठान्न थालेका छन्।’ उनले भने,‘आफ्नो भ्रमणको मुखैमा, आफ्नो देशको भूभागसमेत अङ्कित गरेर छिमेकीले आफ्नो नक्सामा प्रकाशित गर्दाखेरि यो किन भयो भनेर प्रश्न गर्न नसक्नेहरूको हातमा आज देशको नेतृत्व छ। तपाईँहरूले दुःख गरेर, सुरक्षा गरेर जोगाएको देश भोलि तपाईँको भावी सन्ततिले देख्न नपाउने खतराहरू बढेर गएको छ।’


    तेस्रो आँखा