• ट्रेण्डिङ्ग :
सिनामंगलमा प्रहरीले चलायो गोली, १ जना पक्राउ

सिनामंगलमा प्रहरीले चलायो गोली, १ जना पक्राउ


  • 2.8K
    SHARES
    • जेठ २८, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.3K Views

    सिनामंगलमा प्रहरीले चलायो गोली, १ जना पक्राउ

    काठमाडौं, २८ जेठ । काठमाडौंमा लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ ।

    images

    लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो ।

    प्रहरीले गोली लागेर घाइते भएका उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पठाइएको लागू औषध नियन्त्रण ब्यूरोका प्रमुख गोविन्द थपलियाले जानकारी दिए ।

    भगतबाट प्रहरीले १०० ग्राम लागू औषध नियन्त्रणमा लिएको छ । ठूलो मात्रामा लागूऔषध ओसारपसार गरेको आशंकामा ब्यूरोबाट प्रहरी निरीक्षकको टोलीले भगतलाई पछ्याएको थियो ।

    भगत एक घरभित्र प्रवेश गरेपछि प्रहरी पनि पुगेको थियो । ब्यूरोका प्रमुख थपलियाका अनुसार भगतले प्रहरी टोलीमाथि आक्रमण गरेपछि गोली चलाइएको हो ।


    तेस्रो आँखा