• ट्रेण्डिङ्ग :
बागमती प्रदेश सभा बैठक ३२ गते बस्ने

बागमती प्रदेश सभा बैठक ३२ गते बस्ने


  • 3.1K
    SHARES
    • जेठ २९, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    बागमती प्रदेश सभा बैठक ३२ गते बस्ने

    हेटौंडा, २९ जेठ । बजेट अधिवेशनको लागि बागमती प्रदेशसभाको बैठक जेठ ३२ गते अपराह्न २ बजे बस्ने भएको छ ।

    images

    बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । असार १ गते हुने बजेट अधिवेशनको विषयमा बैठकमा छलफल हुनेछ ।

    प्रदेशसभाको बैठक गत जेठ १९ गते सरकारको नीति तथा कार्यक्रम पारित गरिसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको थियो ।


    तेस्रो आँखा