• ट्रेण्डिङ्ग :
खुकुरी प्रहार गरी भाइद्वारा दाइको हत्या

खुकुरी प्रहार गरी भाइद्वारा दाइको हत्या


  • 3.8K
    SHARES
    • जेठ ३०, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 5.9K Views

    खुकुरी प्रहार गरी भाइद्वारा दाइको हत्या

    काठमाडौं ३० जेठ /
    काठमाडौँको ओमबहालमा खुकुरी प्रहार गरी भाइले दाइको हत्या गरेका छन् । काठमाडौँ महानगरपालिका २३ ओमबहालमा गए राती भाइले दाइको हत्या गरेका हुन् । 

    images

    प्रहरी वृत्त जनसेवाका डीएसपी भेषराज रिजालका अनुसार घटना गत राती १२ बजेतिरको हो  यद्यपि प्रहरीलाई भने बिहान ८ः३० बजे मात्रै खबर आएको थियो । दाइ र भाइबीच झगडा भएपछि भाइले धारिलो हतियारले प्रहार गरी दाइको हत्या गरेको पाइएको छ ।

    डीएसपी रिजालका अनुसार काठमाडौँ महानगरपालिका वडा नम्बर २३ का २५ वर्षीय सुरज शाक्यले आफ्नै दाइ ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेका हुन् । मदिरा सेवन गरी घर आएका दाइ सूर्यले आमालाई गालीगलौज गर्न थालेपछि भाइ सुरज शाक्यले धारिलो हतियार प्रहार गरी रातको करिब १२ बजे दाइको हत्या गरेका थिए ।

    धारिलो प्रहार प्रयोग गरे लगत्तै भाइले दाइको कोठाको बत्ती निभाएर माथिल्लो तलामा गएर सुतेका थिए । घटनाबारे परिवारका सदस्यहरूलाई राती नै थाहा भएको भएपनि प्रहरीलाई भने बिहान मात्रै जानकारी आएको हो । हत्यापछि फरार भएका भाइ सुरजलाई प्रहरीले बाङ्गेमुढाबाट नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा