• ट्रेण्डिङ्ग :
समाजवादी मोर्चा हुँदै नयाँ नेकपा बनाउँछौं : प्रधानमन्त्री प्रचण्ड

समाजवादी मोर्चा हुँदै नयाँ नेकपा बनाउँछौं : प्रधानमन्त्री प्रचण्ड


  • 3.0K
    SHARES
    • जेठ ३१, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 4.5K Views

    समाजवादी मोर्चा हुँदै नयाँ नेकपा बनाउँछौं : प्रधानमन्त्री प्रचण्ड

    दाङ, ३१ जेठ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा हुँदै नयाँ नेकपा बनाउने बताएका छन् ।

    images

    नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले बुधबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताए ।

    मोर्चाको दस्तावेजसमेत टुंगो लगाइसकेको जानकारी दिँदै प्रचण्डले भने, ‘हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ । तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ ।’


    तेस्रो आँखा