• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीद्वारा दुल्लुमा कुल शिरोमणि दाशुको सालिक अनावरण

प्रधानमन्त्रीद्वारा दुल्लुमा कुल शिरोमणि दाशुको सालिक अनावरण


  • 2.8K
    SHARES
    • जेठ ३१, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 4.3K Views

    प्रधानमन्त्रीद्वारा दुल्लुमा कुल शिरोमणि दाशुको सालिक अनावरण

    काठमाण्डौं, ३१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाशुको प्रतिमा अगाडि राष्ट्रको एकता र उन्नतीको लागि समर्पित भएर लाग्ने प्रतिबद्धता जनाएका छन्। साथै उनले देशमा समृद्धिको युगको सुरुवात भएको बताएका छन्।

    images

    उनले १० हजार मेगावाट विद्युत बिक्री गर्ने सहमती भएको र अन्य रणनीतिक गतिविधि अघि बढिसकेकाले देश समृद्धिको युगमा प्रवेश गरिसकेको बताए।

    प्रधानमन्त्रीले दैलेखको दुल्लू नगरपालिका–१२ दह गाउँमा बुधबार कुल शिरोमणि दाशुको प्रतिमा (सालिक) अनावरण गरेका छन्।

    कार्यक्रममा बोल्दै उनले राष्ट्रको एकतालाई बलियो बनाउन, राष्ट्रको विकास र समृद्धिलाई नयाँ गतिमा अघि बढाउनका लागि आफू अग्रसर भइरहेको बताए।

    मन्त्रिपरिषद्को पहिलो बैठकदेखिनै आर्थिक संकट समाधान, राष्ट्रको एकता, जनताको पक्षमा रहेर राष्ट्रको समृद्धितर्फ अग्रसर भइरहेको प्रचण्डको भनाई छ।

    उनले अर्थतन्त्रलाई गति दिने कुरामा युगान्तकारी काम भएको विश्वास व्यक्त गरे।

    प्रचण्ड आफ्नो दाहालहरुको उत्पत्ति थलोमा पहिलो पटक पुगेका हुन्। यो ठाउँ दाशु सन्ततिहरू दाहाल, लम्साल, रुपाखेती, कुँवर तथा राणाहरूको आदी भूमिका रूपमा चिनिन्छ।

    दाशुले सुरुमा बसोबास गरेको स्थान दह गाउँलाई दाशु तीर्थस्थल र पर्यटकीय स्थलको रूपमा विकास गर्न थालिएको छ।


    तेस्रो आँखा