• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीले भाषण गर्दा झ्याप्प झ्याप्प काटियो विजुली

प्रधानमन्त्रीले भाषण गर्दा झ्याप्प झ्याप्प काटियो विजुली


  • 4.4K
    SHARES
    • जेठ ३१, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 6.8K Views

    प्रधानमन्त्रीले भाषण गर्दा झ्याप्प झ्याप्प काटियो विजुली

    दाङ ३१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार नेपाल संस्कृत विश्वविद्यालयको पाचौं दीक्षान्त समारोहका लागि दाङको बेलझुण्डी आएका थिए ।

    images

    दीक्षान्त समारोहको कार्यक्रमअघि उनी आफ्नो पार्टी नेकपा माओवादी केन्द्रले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी भए । उक्त कार्यक्रमको सुरुमा माओवादी केन्द्रका जिल्ला अध्यक्ष सुवास पुनले जिल्लामा पार्टीको अवस्थाबारे रिपोर्टिङ गरे । त्यसपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जिल्लाको विकास निर्माणका अवस्थाबारे बोलिन् ।

    मन्त्री शर्मापछि प्रधानमन्त्री प्रचण्डले सम्बोधन सुरु गरे । उनले सशस्त्र युद्धकालमा दाङसँग जोडिएका घटनाहरु स्मरण गरे । उनले सम्बोधन गरेको १५ मिनेटपछि विजुली जाने आउने गर्न थाल्यो । ‘प्रधानमन्त्रीले बोल्

    दा पटक–पटक विद्युत जान थाल्यो’ कार्यक्रममा उपस्थित एक नेता भन्छन्, ‘विद्युत आउने जानेक्रम भइरह्यो । उहाँले एकछिन रोकिदै बोल्दै गर्नुभयो ।’

    ती नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले बोल्दा दुईदेखि पाँच मिनेटको अन्तरालमा विद्युत झ्याप्पझ्याप्प गइरह्यो । ‘दुई मिनेट पनि नबोल्दै फेरि लाइन जान्थ्यो, फेरि आउथ्यो’, उनले भने ।

    विद्युत प्राधिकरण घोराही शाखाका प्रमुख मिथिलेश कुमार गोहीवारले प्रधानमन्त्रीले बोल्दा १०/११ पटकसम्म विजुली काटिएको बताए । ‘प्रधानमन्त्री बोल्दै गर्दा विद्युत गएको साँचो हो’ उनले भने, ‘तर त्यही बेला विद्युत जानु संयोगमात्र हुन गयो ।’

    प्रधानमन्त्री बोल्दै गर्दा धेरै पटक विजुली जाने आउने क्रम चलिरहेपछि हलभित्र होहल्ला बढ्यो । प्रधानमन्त्रीको कार्यक्रममा पनि फितलो व्यवस्थापन भएको भन्दै कतिपयले कानेखुसी गरे ।

    विद्युत अनियमताकाबीच प्रधानमन्त्री प्रचण्डले करिब १ घण्टा मन्तव्य राखे । मन्तव्यमा उनले समाजवादी मोर्चा बनाउने, नेकपा ब्यूँताउनेलगायतका विषय राखे ।

    किन काटियो बिजुली ?

    प्रधानमन्त्री बोल्दै गर्दा पटक पटक विजुली अवरुद्ध हुनुमा कार्यक्रम आयोजकको व्यवस्थापन मात्र कमजोर होइन । दाङमा यस्ता घटना नयाँ होइन । पछिल्लो समय पटक पटक विजुली जाने समस्याले जिल्लाबासी हैरान छन् ।

    विद्युत प्राधिकरणका शाखा प्रमुख गोहीवारले त्यस क्षेत्रमा बिहानदेखि हावाहुरी चलेकाले विद्युत अनियमित भएको बताए । ‘अहिले हावाहुरी चल्ने समय हो’ उनले भने, ‘हावा चल्दा विद्युतको तार एक अर्कासँग त कहिले रुखका हाँगासँग छुन पुग्छ । त्यसो हुँदा विद्युत फल्ट हुन जान्छ । आज प्रधानमन्त्री बोल्नेक्रममा भएको त्यही हो ।’ उनले हावाहुरी चल्दा बेलाबखत यस्ता समस्या आउने गरेको बताए ।

     


    तेस्रो आँखा